बंगलादेशलाई पहिलो सफलता, कप्तान फिन्च ५३ रनमा आउट

काठमाडौं, असार ५ । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेश विरुद्धको खेलमा अष्ट्रेलियाले पहिलो विकेट गुमाएको छ । उसले पहिलो विकेकारुपमा कप्तान आरोन फिन्चलाई ५३ रनमा गुमाएको हो । उनी २०.५ ओभरमा १२१ रन बनाउँदा सौम्य सरकारको बलमा क्याच आउट भए ।

फिन्चले बंगलादेशविरुद्ध पनि अर्धशतक बनाउन सफल भए । उनले ५ चौका र २ छक्काको मद्दतमा ४७ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा फिन्चको यो तेस्रो अर्धशतक हो । उनले यो विश्वकपमा एक शतक पनि बनाइसकेका छन् । टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको छ । उसले २२ ओभरमा एक विकेट गुमाएर १२३ रन बनाएको छ ।

आज टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको छ । उसले १७ ओभरमा विनाविकेट १०१ रन बनाएको छ । पाँच पटकको विश्व विजेता अष्ट्रेलियाले आफूले खेलेको पाँच खेलमध्ये ४ मा जीत र एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएको छ । अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने हारेको थियो । यता बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजविरुद्ध जीत हासिल गर्दा न्यूजिल्यान्ड र इंग्ल्यान्डसँग भने पराजय बेहोरेको छ ।

अष्ट्रेलियाको प्लेइङ- ११ः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मिचेल स्टार्क, एलेक्स क्यारी, नाथन कल्टर–नाइल, प्याट कम्मिन्स, मार्कस स्टोइनिस र एडम जम्पा ।

बंगलादेशको प्लेइङ- ११ः  मसरुफे मुर्तुजा (कप्तान), शाकिव अल हसन, मुस्फिकुर रहिम, महमुदुल्लाह, सौम्य सरकार, तमिम इग्बाल, लिटोन दास, मेहिदी हसन मिराज, मुस्तफिजुर रहमान, रुबेल हुसेन र सब्बीर रहमान

कमेन्ट गर्नुहोस्