भारतले अनौठो कीर्तिमान राख्न सक्ने सम्भावना, किपिङ पो कसले गर्ला?

काठमाडौँ, असार ५ । जारी विश्वकप क्रिकेटमा नयाँ नयाँ कीर्तिमान बन्ने क्रम जारी छ र जारी छ नयाँ नयाँ कीर्तिमान बन्ने सम्भावना ।

यस्तै एउटा अनौठो कीर्तिमानको सम्भावना भारतसामु आएको छ । तर त्यो कीर्तिमान धेरै रन बनाउने, छक्का, चौका हान्ने या विकेट लिने भन्दा पनि धेरै विकेट किपरलाई खेलाउने हो ।

शिखर धवन फिर्ता भएपछि भारतीय टोलीको नयाँ सदस्यको रूपमा ऋषभ पन्तले स्थान पाएका छन । ऋषभ पन्त यदि प्लेइइङ-११ मा सामेल भए भने यस्तो कीर्तिमान बन्ने सम्भावना देखिएको छ ।

पन्त विकेट किपर हुन् र उनी टीमको सदस्य भएसँगै भारतीय टोलीमा ४ जना विकेट कीपर भइसकेका छन् । यदि उनले खल्ने मौका पाए भने चार-चार जना विकेट किपर सामेल भएको पहिलो विश्वकप खेल हुनेछ ।

हाल भारतीय टीममा महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, केएल राहुल गरी तीन जना विकेट कीपर रहेका छन् ।

धोनी टीमका नियमित किपर हुन् भने कार्तिक अतिरिक्त किपरको रूपमा टीममा सामेल रहेका छन् । त्यस्तै धवनको सट्टा ओपनिङ गरिराखेका केएल राहुल आइपीएलमा पन्जाब र बैंगलोरको तर्फबाट विकेट किपरको भूमिकामा रहिसकेका छन् ।

भारत अहिलेको विश्वकपको अंक तालिकामा ५ मा ४ खेल जितेर चौथो स्थानमा रहेको छ । र उसले एउटा खेल पनि हारेको छैन । तर स्टार ब्याट्सम्यान शिखर धवन खेल प्रतियोगिताबाट नै बाहिरिएपछि भारतीय टीमको मनोबल प्रभावित हुने आकलन गर्न थालिएको छ ।

 

कमेन्ट गर्नुहोस्