विश्वकप क्रिकेटः १६६ रनमा आउट भए वार्नर

काठमाडौं, असार ५ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा अष्ट्रेलियाका डेभिड वार्नर १६६ रनमा आउट भएका छन् । उनले ५ छक्का र १४ चौकाको मद्दतमा १४७ बलमा १६६ रनको बिस्फोटक प्रदर्शन गरे ।

जारी विश्वकपमा उनको यो सर्बाधिक ठूलो स्कोर हो । वार्नरलाई सौम्य सरकारले आउट गरे । उनीसँगै अष्ट्रेलियालाई दोस्रो झड्का लागेको छ ।

अष्ट्रेलियाको प्लेइङ- ११ः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मिचेल स्टार्क, एलेक्स क्यारी, नाथन कल्टर–नाइल, प्याट कम्मिन्स, मार्कस स्टोइनिस र एडम जम्पा ।

बंगलादेशको प्लेइङ- ११ः  मसरुफे मुर्तुजा (कप्तान), शाकिव अल हसन, मुस्फिकुर रहिम, महमुदुल्लाह, सौम्य सरकार, तमिम इग्बाल, लिटोन दास, मेहिदी हसन मिराज, मुस्तफिजुर रहमान, रुबेल हुसेन र सब्बीर रहमान

कमेन्ट गर्नुहोस्