अमेरिकी ड्रोन खसालेको इरानको दाबी

तेहरान, असार ५ । इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा अमेरिकी जासुसी मानवरहित विमान (ड्रोन) लाई इरानको इस्लामिक रेभोलुसन गार्डस् कोर्पस्ले खसालेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यम (इर्ना) ले जनाएको छ ।

इरानका मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी आरक्यु ४ ग्लोबल हक नाम गरेको जासुसी ड्रोनलाई खसालेको जनाइएको छ ।

याे पनि पढ्नुस  इरानमा भागदौड मच्चिंदा ३० को मृत्यु, दर्जनौं घाइते

कमेन्ट गर्नुहोस्