५ दिनभित्र २ युवतीले नारायणी नदीमा हाम फाले

भरतपुर, असार ५ । चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छन् । पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा ती महिलाको पहिचान खुलेको र उनको खोजी भइरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ । यसअघि यही असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा पनि स्कुटरबाट ओर्लेर सोही पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन् ।

कमेन्ट गर्नुहोस्