नक्कली डीएसपी प्रहरीको फन्दामा

काठमाडौं, असार ५ । आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी गर्दै हिँड्ने एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले बौद्धको नयाँबस्तीबाट नारायण भनिने भोला गौतमलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गौतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोवाइलमा राखेर विभिन्न व्यक्तिहरुलाई धाकधम्की दिने गरेका थिए ।

साथै उनले सार्वजनिक स्थानमा विकास बस्नेत र सुजन प्रसाइँलाई हातपात गरेको, लछार(पछार गरेर अभद्र व्यवहार गरेको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्