विश्वकप २०१९ मा तमिमको पहिलो अर्धशतक

काठमाडौं, असार ५ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलिया विरुद्धको खेलमा बंगलादेशका ओपनर तमिम इकबालले अर्धशतक पूरा गरेका छन् । उनले ५ चौकाको मद्दतमा ६५ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा तमिमको यो पहिलो अर्धशतक हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८१ रन बनायो । उसका लागि वार्नरले शानदार प्रदर्शन गरे । उनले ५ छक्का र १४ चौकाको मद्दतमा १४७ बलमा १६६ रन बनाए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । साथै, उनी यो विश्वकपमा सर्बाधिक ठूलो रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । यति मात्र होइन वार्नर चालु विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् ।

अष्ट्रेलियालाई विशाल स्कोरमा लैजान उस्मान ख्वाजाले ७२ बलमा ८९, कप्तान आरोन फिन्चले ५१ बलमा ५३, ग्लेन म्याक्सवेलले १० बलमा ३२, स्टिभ स्मिथले १ रन बनाए । यस्तै, मार्कस स्टोइनिस १७ र एलेक्स केरी ११ रनमा अविजित रहे । बलिङमा बंगलादेशका सौम्य सरकारले ३ विकेट लिए ।

कमेन्ट गर्नुहोस्