Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अछाममा ९ दिनदेखि १७ वर्षीया किशोरी बेपत्ता

अछाम, असार ५ । खप्तड राष्ट्रिय निकुञ्जमा गङ्गादशहरा मेलामा गएकी एक किशोरी ९ दिनदेखि बेपत्ता भएकी छन् । अछामको साँफेबगर नगरपालिका–१२ खप्तड भेरासैनकी १७ वर्षीया देवीकुमारी रोकाया बेपत्ता भएकी हुन् ।

रोकाया गत जेठ २८ गते रातिदेखि हराएकी हुन् । गाउँकै साथीहरुसँग मेला भर्न गएकी रोकाया बेपत्ता भएको उनका बुबा धनबहादुरले बताए । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र र अन्यत्र खोजी गर्दा फेला नपरेको उनले बताए ।

किशोरीको खोजी भइरहेको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए । उनी काडा भवानी मावि बाजुरामा कक्षा ९ मा अध्ययनरत रहेको रोकायाका काका रामबहादुर रावतले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: