आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार ६ । साताको अन्तिम दिन अर्थात शुक्रबार पनि बजारमा सुनको मूल्य  एक हजारले बढेको छ ।

बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

बिहीबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि बढेर चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्