चिनियाँ राजदूत ट्विटरमा

काठमाडौं असार ६ । नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले सामाजिक सञ्जाल ट्विटर अकाउन्ट खोलेकी छिन् ।

ट्विटरले नेपालको नीति निर्माण तथा राजनीतिक बहसमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सन्दर्भमा चिनियाँ राजदूत ट्विटरमा आएकी हुन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासले राजदूतको ट्विटर ह्यान्डल सार्वजनिक गर्दै दूतावासका गतिविधिका लागि त्यससँग जोडिन आग्रह गरेको छ। उनको ट्विटर ह्यान्डल @PRCAmbNepal रहेको छ।

काठमाडौंस्थित अमेरिका, भारत, युरोपेली मुलुकका दूतावास एवं राष्ट्रसंघीय नियोगहरु ट्विटरमा छन् । उनीहरुले नेपालका आर्थिक, सामाजिक तथा राजनीतिक बहसलाई ट्विटरबाट नियाल्ने गरेका छन्। आफ्ना गतिविधि पनि ट्विटरमार्फत् मिडिया एवं सर्वसाधारण समक्ष पुर्ययाउँदै आएका छन् । कतिपय अवस्थामा सञ्चारकर्मी एवं सर्वसाधारणका सावलको ट्विटरबाटै जावफ समेत दिने गरेका छन् ।

चिनियाँ दूतावास भने अहिलेसम्म अमेरिका केन्द्रित सामाजिक सञ्जाल ट्विटरमा थिएन ।

राजदूत यानछीले पहिलो ट्विट बिहीबार भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी एउटा कार्यक्रमबारे गरेकी छिन्। ‘बीआरआई अन्तर्गत रहेर चीनले छिमेकी एवं दक्षिण एशियाली मुलुकको सामाजिक तथा आर्थिक विकास गर्न सहयोग गर्नेछ’, उनले भनेकी छिन् ।

Glad to attend the Fourth International Conference on Belt and Road for Development and Prosperity of South Asia. China will further enhance cooperation under BRI to promote the economic and social development with neighbors including South Asian countries @PradeepgyawaliKpic.twitter.com/VOmkL4dRjv

— Ambassador Hou Yanqi (@PRCAmbNepal) June 20, 2019

 

कमेन्ट गर्नुहोस्