धादिङमा जीप दुर्घटनाः ४ को मृत्यु, ८ जना घाइते

धादिङ, असार ६ । धादिङको गल्छी गाउँपालिका-६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । गल्छी गाउँपालिका-५ को सिरुवारीबाट बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। स्थानीयले घाइतेहरुको अहिले उद्दार गरी विभिन्न राजमार्गका अस्पतालमा पठाउने क्रम जारी छ।घटनाको थप विवरण आउन भने बाँकी छ।

कमेन्ट गर्नुहोस्