Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

असार १० गते विप्लव नेकपाको बन्द (विज्ञप्तिसहित)

काठमाडौं, असार ६ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले असार १० गते बन्द घोषणा गरेको हो ।

पार्टी महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरेको छ । असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हेर्नुस् विज्ञप्ति

कमेन्ट गर्नुहोस्

%d bloggers like this: