धादिङ जीप दुर्घटनाः मृतकको संख्या ५ पुग्यो (नामसहित)

धादिङ, असार ६ । धादिङको गल्छी गाउँपालिका बाँझगाउँमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते भएका गल्छी गाउँपालिका वडा नं ४ का २१ वर्षीय सविता प्याकुरेलको उपचारका लागि स्वास्थ्य संस्था तर्फ लैजादै क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिए ।

दुर्घटनामा परी थप १० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँको ट्रमा सेन्टर लगिएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट अनियन्त्रित भइ पल्टेर तल्लो सडकसम्म आइपुगेको थियो ।

कमेन्ट गर्नुहोस्