मेयर चौधरीले माफी माग्दै भने, ‘आमा र दिदीबहिनीमा पर्न गएको चोटप्रति क्षमा चाहन्छु’

इटहरी, असार ६ । इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन्। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै महिलाको भावनामा चोट पुगेकोमा मेयर चौधरीले माफी मागेका हुन्।

एक महिनामा जारी भएको यो उनको तेस्रो माफी विज्ञप्ती हो। इटहरीमा बढ्दो यौन धन्दालाई नरोकी समुन्नत नगर निर्माणको परिकल्पना अधुरो हुने बताउँदै चौधरीले आफूले बोलेको शब्दमा माफी मागेका हुन्। उनले महिलालाई अपमान हुने गरी ‘र..डी’ जिन्दावाद भन्दै अभिव्यक्ति दिएका थिए।

‘महिला दिदीबहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन। म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु,’ उनले लेखेका छन्, ‘कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्दछु।’ हेर्नुस्, चौधरीले जारी गरेको विज्ञप्ति

 

कमेन्ट गर्नुहोस्