रेशम चौधरी बिरामी, साङ्लोमा बाँधेर उपचार हुँदै

काठमाडौं, असार ६ । कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरी बिरामी परेका छन्। डिल्ली बजार जेलमा जन्मकैदको सजाय भोगिरहेका चौधरी बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ। वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको छ।

जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो। उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष–विपक्षमा टिप्पणी सुरु भएको छ। कतिपयले रेशम नरसंहरमा दोषी भएर कर्तव्य ज्यानमा सजाय भोगिरहेकाले नेल लाउनु अनौठो नभएको बताएका छन्। उनका समर्थकले भने निर्वाचित सांसदको खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको गुनासो गरेका छन्।

लामो समयदेखि हाडजोर्नी सम्मबन्धी समस्या झेलिरहेका उनी १५ दिनदेखि वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका थिए। तर पछिल्लो समय शरीर नै कुप्रो परेपछि उनलाई बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको हो।

कमेन्ट गर्नुहोस्