किनकी म कुनै साहित्यकार हैन !

उत्सब बजगाईं,

प्रेमको दिप्त सागरमा रुम्लिएर प्रेमको सामित्यहरुमा रमाउन मन छ । तिम्रा अठोठ पूर्ण बाचालाई एकसाथ गराउँदै ,दुई आत्मालाई एक बनाउँदै त्यो उजाडिएको मरुभूमिमा प्रेमको विरुवा हुर्काउन मन छ । दुनियाँसामु हराउँदै प्रेमको एउटा रानी महल बनाउन मन छ ।दुनियाँले नि भननु कि प्रेम जोडि होस् त यस्तो होस भनि एक उदाहरणिय जोडि बनाउन मन छ । कुरो जातको भातको हैन ,दुई आत्मा एक भावनाको बनाउन मन छ ।

तिम्रा ति मृग नयनमा सजिएका प्रेमका भाबलाई किताबमा उत्तारी हजारौँ पुस्तकालयमा सजाउन मन छ । ती गुलाबी ओठबाट निस्केका मुलाएको प्रतिकलाई एउटा गमलामा सजाई थुप्रै बगैचामा फुलाउन र सुगन्धको मधुरता प्रधान गराउन मन छ ।टुक्रिएका मुटुबाट चिरिएका ति शब्दलाई गित र गजल बनाई हरेको पिडा भुलाउने सँगित दिन मन छ । बाध्यता र परिस्थितीले छुटिएका जोडिलाई पुर्णता दिदै पूर्ण मिलन गराउन प्रेमको इतिहास रचि मुना मदनको इतिहासलाई पल्टाउन मन छ र त दुनियाँ सामु प्रेमको सामित्य पस्किन मन छ । हरेक समय प्रेमलाई नै पूर्णता दिन मन छ ।।

 

छन्द मिलाएर लेख्न म कुनै कवि हैन
न त मसंग कुनै साहित्यको ज्ञान छ
न नै मैले धेरै पढेको छु, जानेको छु
तर
तर जब जब म तिमिलाई सम्झन्छु
मेरा मनमा कयौँ लहरहरु चल्न थाल्छन्
शब्दका बहाबहरु बग्न थाल्छन्
हर एक प्रेमिल शब्दहरु तिम्रालागी सजिन थाल्छन्
र म कोर्न थाल्छु
जानी नजानी शब्दहरुलाइ जोड्न थाल्छु
सुन्दर र मिठा शब्दहरु राखेर
तिम्रा बारेमा वर्णन गर्न थाल्छु
तर
तर मेरा शब्दहरुले गति लिन सक्दैनन्
तिम्रा लागि मनमा फुरेका शब्दहरुले
जति वर्णन गर्न खोजेपनी पुग्दै पुग्दैनन्
सुर ताल अनि छन्द कहिँ केही मिल्दैनन्
किनकी म कुनै साहित्यकार हैन
म कुनै साहित्यकार हैन
अनि
अनि जब म तिम्रो बारेमा सोच्छु
तिमिलाई प्रकृतिसंग तुलना गर्न थाल्छु
तिम्रा मृगनयनी आँखाको चञ्चलतामा हराउँछु
लालुपातेझैँ ओठका मुस्कानमा मुस्कुराउँछु
कोइलिकाझैँ मधुर आवाजमा लठ्ठ हुन्छु
बारुले कम्मरको लचकतामा हराउँछु
अनि
अनि भुलाउँछु म आफुले आफुलाई
समाहित गराउन चाहान्छु तिमिमा मलाई
शब्दमा सजाउन चाहान्छु
खुलेर तिम्रो सौन्दर्यको वर्णन गर्न चाहान्छु
तर
तर म त्यो सामर्थ्यता जुटाउन सक्दिन
तिम्रा बर्णन गर्न नसकिने सुन्दरतालाई शब्दमा उतार्न
यदि म कुनै साहित्यकार हुँदो थिएं त
सायद तिम्रो सुन्दरताको म वर्णन गर्ने थिएं
एउटा सुन्दर किताब बनाउने थिएं
र तिम्रो त्यो सुन्दरतालाई बिश्वसामु चिनाउने थिएं
मेरो कोठाको दराजमा त्यो कितावलाई
वा भनौँ तिम्रो सुन्दरतालाई सजाएर राख्ने थिएं
तर
तर अफ्सोच मलाई लेख्न आउन्न
शब्द हरु खेलाउन आउन्न
शब्दहरुलाई सजाउन आउन्न
किनकी म कुनै लेखक हैन
किनकी म कुनै साहित्यकार हैन

कलियुगमा कृष्ण र सुधमाको मित्रता खोजेर कहाँ पाइन्छ र त्  !!

 

कमेन्ट गर्नुहोस्