विश्कप क्रिकेटः श्रीलंकाविरुद्ध पनि रुटको अर्धशतक पूरा

काठमाडौं, असार ६ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा पनि इंग्ल्याण्डका जो रुटले अर्धशतक पूरा गरेका छन् । उनले ३ चौकाको मद्दतमा ७८ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्कपमा रुटको यो तेस्रो अर्धशतक हो । साथै उनले यो विश्वकपमा २ शतक पनि बनाइसकेका छन् ।

श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले आज सस्तैमा ३ विकेट गुमायो । उसले १८.४ ओभरमै महत्वपूर्ण ३ विकेट गुमाएको हो । इंग्ल्याण्डले यो समाचार तयार पार्दासम्म जोनी बेरिस्टो शून्य, जेम्स भिन्स १४ र कप्तान इओन मोर्गनलाई २१ रनमा गुमाएको हो । बेरिस्टो र भिन्सलाई लसिथ मलिंगा र मोर्गनालई इसुरा उडानले आउट गरेका हुन् ।

याे पनि पढ्नुस  फाइनलमा रुटको पनि चलेन ब्याट, न्यूजिल्याण्डलाई दोस्रो सफलता

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनायो । उसका लागि एन्जेलो म्याथ्युजले १ छक्का र ५ चौकाको मद्दतमा ११५ बलमा नट आउट ८५ रन बनाए । यस्तै, अभिश्का फर्नान्डोले ४९, कुसल मेन्डिसले ४६, धनन्जय डी सिल्भाले २९ रनको योगदान दिए ।

याे पनि पढ्नुस  विश्वकपः मलिंगाको घातक बलिङ, इंग्ल्याण्डलाई चौथो झड्का

बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चर, मार्क उडले ३–३, आदिल रशिदले २ र क्रिस ओक्सले १ विकेट लिए । यो खेलमा इंग्लिश टोली श्रीलंकालाई हराउन सके शीर्ष स्थानमा उक्लिने छ । यता श्रीलंका भने दोस्रो जीतको खोजिमा छ । वर्षाले तनाव गर्दा श्रीलंकाले ५ खेलमा २ खेलमा अंक बाँडेको छ । साथै उसले २ खेलमा हार बेहोर्दा एक खेलमा मात्र जीत हासिल गरेको छ ।

याे पनि पढ्नुस  विश्वकपः उत्कृष्ट लयमा देखिएका इंग्लिश ब्याट्सम्यान मलिंगाको सिकार

श्रीलंका प्लेइङ ११ः दिमुथ करुणारत्ने (कप्तान), धनन्जय डि सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, इसुरु उडना र जीवन मेन्डिस ।

इंग्ल्याण्ड प्लेइङ ११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रुट, बेन स्टोक्स, क्रिस वोक्स, जेम्स भिन्स,  मोइन अली, जोस बटलर, आदिल रशिद,  मार्क उड र जोफ्रा आर्चर ।

कमेन्ट गर्नुहोस्