विश्वकपः उत्कृष्ट लयमा देखिएका इंग्लिश ब्याट्सम्यान मलिंगाको सिकार

काठमाडौं, असार ६ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले पाँचौ विकेट गुमाएको छ । उसले पाँचौ विकेटका रुपमा ३२.२ ओभरमा १० रन बनाएर खेलिरहेका जोस बटलरलाई गुमाएको हो । उनलाई लसिथ मलिंगाले आउट गरे । यसअघि पनि मलिंगाले जो रुट, जोनी बेरिस्टो र जेम्स भिन्सलाई पनि आउट गरेका थिए । यस्तै, कप्तान इओन मोर्गनलाई २१ रनमा इसुरा उडानले आउट गरे ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनायो । उसका लागि एन्जेलो म्याथ्युजले १ छक्का र ५ चौकाको मद्दतमा ११५ बलमा नट आउट ८५ रन बनाए । यस्तै, अभिश्का फर्नान्डोले ४९, कुसल मेन्डिसले ४६, धनन्जय डी सिल्भाले २९ रनको योगदान दिए ।

बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चर, मार्क उडले ३–३, आदिल रशिदले २ र क्रिस ओक्सले १ विकेट लिए । यो खेलमा इंग्लिश टोली श्रीलंकालाई हराउन सके शीर्ष स्थानमा उक्लिने छ । यता श्रीलंका भने दोस्रो जीतको खोजिमा छ । वर्षाले तनाव गर्दा श्रीलंकाले ५ खेलमा २ खेलमा अंक बाँडेको छ । साथै उसले २ खेलमा हार बेहोर्दा एक खेलमा मात्र जीत हासिल गरेको छ ।

श्रीलंका प्लेइङ ११ः दिमुथ करुणारत्ने, धनन्जय डि सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, इसुरु उडना र जीवन मेन्डिस ।

इंग्ल्याण्ड प्लेइङ ११ः इओन मोर्गन, जोनी बेरिस्टो, जो रुट, बेन स्टोक्स, क्रिस वोक्स, जेम्स भिन्स,  मोइन अली, जोस बटलर, आदिल रशिद,  मार्क उड र जोफ्रा आर्चर ।

कमेन्ट गर्नुहोस्