विश्वकपः उपाधि दाबेदार इंग्ल्याण्ड श्रीलंकासँग पराजित

काठमाडौं, असार ६ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार इंग्ल्याण्डलाई हराउँदै श्रीलंकाले दोस्रो जीत हासिल गरेको छ । शुक्रबार राति लिड्समा सम्पन्न खेलमा इंग्लिश टोलीलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जीत हासिल गरेको हो । श्रीलंकाको जीतमा आज लासिथ मलिंगा र एन्जेलो म्याथ्युज नायक सावित भए ।

मलिंगाले १० ओभरमा १ मेडनसहित ४३ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । उनले जेम्स भिन्स, जोनी बेरिस्टो, जो रुट र जोस बटलरलाई आउट गरे । २३३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको इंग्ल्याण्ड ४७ ओभरमा २१२ रनमा अल आउट भयो । उसका लागि बेन स्टोक्स्ले नट आउट ८२, जो रुटले ५७, कप्तान इओन मोर्गनले २१, मोइन अलिले १६, जेम्स भिन्सले १४, जोस बटलरले १० रन बनाए । बलिङमा मलिंगाले ४, धनन्जय डी सिल्भाले ३, इसुरा उडनाले २ र नुवान प्रदीपले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनायो । उसका लागि एन्जेलो म्याथ्युजले १ छक्का र ५ चौकाको मद्दतमा ११५ बलमा नट आउट ८५ रन बनाए । यस्तै, अभिश्का फर्नान्डोले ४९, कुसल मेन्डिसले ४६, धनन्जय डी सिल्भाले २९ रनको योगदान दिए ।

बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चर, मार्क उडले ३–३, आदिल रशिदले २ र क्रिस ओक्सले १ विकेट लिए । यो खेलमा इंग्लिश टोली श्रीलंकालाई हराउन सके शीर्ष स्थानमा उक्लिने छ । यता श्रीलंका भने दोस्रो जीतको खोजिमा छ । वर्षाले तनाव गर्दा श्रीलंकाले ५ खेलमा २ खेलमा अंक बाँडेको छ । साथै उसले २ खेलमा हार बेहोर्दा एक खेलमा मात्र जीत हासिल गरेको छ ।

श्रीलंका प्लेइङ ११ः दिमुथ करुणारत्ने (कप्तान), धनन्जय डि सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, इसुरु उडना र जीवन मेन्डिस ।

इंग्ल्याण्ड प्लेइङ ११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रुट, बेन स्टोक्स, क्रिस वोक्स, जेम्स भिन्स,  मोइन अली, जोस बटलर, आदिल रशिद,  मार्क उड र जोफ्रा आर्चर ।

कमेन्ट गर्नुहोस्