नदी किनारबाट कटुवा पेस्तोल बरामद

काठमाडौं, असार ७ । सिरहाको दक्षिणी सीमावर्ती पटेर्वा गाउँको कमला नदी किनारबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।माडर खैटोकास्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वा गाउँ नजिकै पर्ने कमला नदी किनारबाट पेस्तोल बरामद गरेको हो ।

सशस्त्र प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल रोक्न खोज्दा पुनः भारततर्फ नै भाग्न खोजेको र पछ्याउने क्रममा नदी किनारमा फालिएको अवस्थामा पेस्तोल बरामद भएको बोर्डर आउटपोष्ट प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले बताए ।

सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार मोटरसाइकल पिछा गर्ने क्रममा कमला नदी किनारको काँसघारीमा कटुवा पेस्तोल फालेर मोटरसाइकल चढेका दुईजना भारततिर नै भागेका छन् । बरामद कटुवा पेस्तोल थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सिरहा पठाइएको प्रहरी निरीक्षक शाहीले बताए । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्