विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने

काठमाडौं, असार ७ ।इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि साउथ ह्याम्टममा सुरु हुँदैछ ।

भारतको प्लेइङ ११ः विराट कोहली (कप्तान), रोहित शर्मा, लोकेश राहुल, महेन्द्रसिंह धोनी, जसप्रित बुमराह, युजवेन्द्र चहल, केदार जाधव, हार्दिक पाण्ड्या,  मोहम्मद शमी, विजय शंकर, कुलदीप यादव।

अफगानिस्तानको प्लेइङ ११ः गुलबिन्दन नाइब (कप्तान), असगर अफगान, हसमतउल्ला शाहिदी, हजरतउल्ला जजाई, मोहम्मद नाबी, मुजीब उर रहमान, नजीबुल्ला जादरान, रहमत शाह, राशिद खान, इक्रम अलिखिल र आफताब आलम

कमेन्ट गर्नुहोस्