विश्वकप क्रिकेटः भारतले गुमायो सस्तैमा २ विकेट

काठमाडौंः इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले सस्तैमा दोस्रो विकेट गुमाएको छ। उसले १६.२ ओभरमा दोस्रो विकेटका रुपमा केएल राहुललाई ३० रनमा गुमाएको हो । उनलाई मोहम्मद नाबीले क्याच आउट गराए ।

यसअघि भारतले पहिलो विकेटकारुपमा ४.२ ओभरमै रोहित शर्मालाई १ रनमै गुमाएको थियो । उनलाई मुजिब उर रहमानले आउट गर्न सफल भए । यो समाचार तयार पार्दासम्म भारतले १४.३ ओभरमा २ विकेट गुमाएर ६४ रन बनाएको छ ।

भारतको प्लेइङ ११ः विराट कोहली (कप्तान), रोहित शर्मा, लोकेश राहुल, महेन्द्रसिंह धोनी, जसप्रित बुमराह, युजवेन्द्र चहल, केदार जाधव, हार्दिक पाण्ड्या,  मोहम्मद शमी, विजय शंकर, कुलदीप यादव।

अफगानिस्तानको प्लेइङ ११ः गुलबिन्दन नाइब (कप्तान), असगर अफगान, हसमतउल्ला शाहिदी, हजरतउल्ला जजाई, मोहम्मद नाबी, मुजीब उर रहमान, नजीबुल्ला जादरान, रहमत शाह, राशिद खान, इक्रम अलिखिल र आफताब आलम

कमेन्ट गर्नुहोस्