विश्वकप क्रिकेटः आज पनि शतक बनाउन चुके विराट

काठमाडौं, असार ७ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा भारतले चौथो विकेट गुमाएको छ । उसले ३०.३ ओभरमा चौथो विकेटका रुपमा ६७ रनमा कप्तान विराट कोहलीलाई गुमाएको हो । उनलाई मोहम्मद नाबीले आउट गरे । यसअघि भारतले विजय शंकरलाई २९, केएल राहुललाई ३० र रोहित शर्मालाई १ रनमा गुमायो ।

विराटको तेस्रो अर्धशतक
विश्वकप क्रिकेट २०१९ अन्तर्गत अफगानिस्तानको खेलमा कप्तान विराट कोहलीले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौकाको मद्दतमा ४८ बलमा अर्धशतक बनाएका हुन् । यो विश्वकपमा कोहलीको यो लगातार तेस्रो अर्धशतक हो । उनले पहिलो खेलमा दक्षिण अफ्रिकासँगको खेलमा १८, अष्ट्रेलियाविरुद्ध ८२ र पाकिस्तानसँग ७७ रन बनाएका थिए ।

भारतको प्लेइङ–११ः विराट कोहली (कप्तान), रोहित शर्मा, लोकेश राहुल, महेन्द्रसिंह धोनी, जसप्रित बुमराह, युजवेन्द्र चहल, केदार जाधव, हार्दिक पाण्ड्या,  मोहम्मद शमी, विजय शंकर, कुलदीप यादव।

अफगानिस्तानको प्लेइङ–११ः गुलबिन्दन नाइब (कप्तान), असगर अफगान, हसमतउल्ला शाहिदी, हजरतउल्ला जजाई, मोहम्मद नाबी, मुजीब उर रहमान, नजीबुल्ला जादरान, रहमत शाह, राशिद खान, इक्रम अलिखिल र आफताब आलम

कमेन्ट गर्नुहोस्