अफगानी टिमलाई इतिहास रच्ने माैका, भारतले दियो २२५ रनको लक्ष्य

काठमाडौं, असार ७ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनायो ।

उसका लागि कप्तान विराट कोहलीले ६७, केदार जाधवले ५२, केएल राहुलले ३०, विजय शंकरले २९, महेन्द्रसिंह धोनीले २८, हार्दिक पाण्ड्याले ७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक रनमा बनाउन सकेनन् ।

बलिङमा अफगानिस्तानका मोहम्मद नाबी, गुल्बिदन नाइबले २–२, मुजिउर रहमान, राशिद खान, रहमत शाह र अफ्ताब आलमले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्