दुई लघुवित्तको आईपिओ छिटै आउँदै, सेबोनबाट अनुमति पाए

काठमाडैं, असार ८ । आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने अनुमति पाएका छन् ।

आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ र घोडाघोडी लघुवित्तले १ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

आँधीखोला लघुवित्तको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ भने घोडाघोडी लघुवित्तको आइपीओको निश्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमीटेड रहेको छ । बैंकिङखबरबाट

कमेन्ट गर्नुहोस्