विश्वकपः दक्षिण अफ्रिका र पाकिस्तान खेल्दै, जित्नैपर्ने दबाब

काठमाडौं, असार ८ । इंग्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज विश्व विजेता पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लड्स क्रिकेट मैदानमा सुरु हुँदैछ । दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिसकेको छ । पाकिस्तानको पनि आगामी यात्रा निकै कठिन छ ।

उसले अबका सबै खेल जित्नैपर्ने हुन्छ । साथै पाकिस्तानले सेमिफाइनल पुग्न अन्य टिमको नतिजा पनि कुर्नुपर्ने हुन्छ । हालसम्म विश्वकपमा यी दुई टिमबीच ४ पटक खेल भएको छ । जसमा द. अफ्रिकाले ३ र पाकिस्तानले एक खेलमा मात्र जीत हासिल गरेको छ ।

पाकिस्तानको पूरा टिमः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, हसन अली, शादाब खान, मोहम्मद हफीज, मोहम्मद हसनैन, शाहीन शाह अफ्रिदि, वहाब रियाज, मोहम्मद आमिर, शोएब मलिक, इमाद वसीम र आसिफ अली ।

दक्षिण अफ्रीकाको पूरा टिमः फाफ डु प्लेसिस (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), एडेन मार्कम, हाशिम अमला, जेपी डुमिनी, डेविड मिलर, कागिसो रबाडा, ड्वेन पर्टोरियस, एन्डिले फेकलक्वायो, तर्ब तर्बिज शामी, इमरान ताहिर, लुंगी एन्गिडी, क्रिस मोरिस, रस्सी भान डर ड्युसन र बी हेड्रिक्स ।

कमेन्ट गर्नुहोस्