रविन कान्दङवाको ‘दिलहिरा’ गीत अनप्लग भर्सन सार्वजनिक

रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहिरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ ।

नवराज लम्सालको शब्द, हरि लम्सालको संगीत र चन्द्र चौधरीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अमृत सुनुवारले निर्देशन र छायाँकन गरेको गीतको भिडियोमा दीपा चाम्लिङलाई फिचरिङ गरिएको छ । भिडियोलाई माधव बेल्बासेले सम्मादन गरेका छन् । गीत जति राम्रो छ, गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

‘हामीले एउटा राम्रो गीत स्रोता र दर्शकमाझ पस्किएका छौं, यसले सबैको मन जित्नेमा हामी आशावादी छौ’, संगीतकार हरि लम्सालले भने ।

कमेन्ट गर्नुहोस्