एसओएस बालग्रामको स्वामित्व सरकारले लिनुपर्छः नगरप्रमुख वड

धनगढी, असार ८ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एसओएस बालग्रामको स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् ।

आइतबार कैलालीको गेटास्थित एसओएस बालग्रामको ७०औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो आग्रह गरेका हुन् । प्रदेशका ८८ वटै स्थानीय तहले थोरै सहयोग गरेमा मात्रै पनि एसओएस बालग्राम संचालनमा समस्या हुँदैन नगरप्रमुख वडले भने, ‘हाम्रा टुहुरा बालबालिकाहरुलाई संरक्षण दिएको बालग्रामको जिम्मा राज्यले लिन सक्नुपर्छ ।

एसओएस बालग्रामलाई सहयोग गर्नुप¥यो भनेर मेरै नेतृत्वमा डेलिकेशन मुख्यमन्त्रीका पटकपटक पुगेको छ नगरप्रमुख वडले भने, ‘तर, प्रदेश सरकारले एसओएस बालग्रामलाई एक पैसा पनि सहयोग गरेन । धनगढी उप–महानगरपालीकाले चालु आवमा विनियोजन गरेको र सहयोग निरन्तर गर्ने बताए ।

गेदावरी नगरपालिकाका प्रमुख हरिसिंह सावदले एओएस बालग्रामले टुहुरा बालबालिकाहलाई असल अभिभावकत्व दिएको बताए । यहाँ रहेका बालबालिकाहरुले अभिभावक छैनन् भन्ने कुराको महसुससम्म गर्न पाएका छैनन् नगरप्रमुख साउँदले भने, यस संस्थालाई सहयोग गर्न तयार छौं । एसओएस बालग्रामका निर्देशक पदम हमालले संस्थाको स्वामित्व सरकारले लिनसक्नुपर्ने बताए ।

कार्यक्रममा बालबालिकाका क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा समाजसेवी हेमराज ओझा, कैलाली बाल संगठनका अध्यक्ष शेरसिंह खड्का र नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशसिंह लगायका व्यक्ति रहेका थिए ।

यस संस्थाले १ सय ४ जना टुहुरा बालबालिकाहरुलाई पारिवारिक माया ममताका साथ संरक्षण गरेर पालेको छ । उनीहरुको शिक्षा दिक्षाको सबै जिम्मेवारी समेत संस्थाले नै गरेको छ । स्थानीय सरकारको सिफारिशका आधारमा आमाबुवा दुवै गुमाएका ५ वर्षमुनिका वालबालिकाहरुलाई एसओएसले संरक्षण गर्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्