विश्वकपः दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं, असार ८ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लड्स क्रिकेट मैदानमा सुरु भएकाे छ । पाकिस्तानले आज प्लेइङ ११ मा २ खेलाडी परिर्वतन गरेको छ । उसले हसन अलि र सोयब मलिकको स्थानमा हरिस सोहेल र शाहीन शाह अफ्रिदिलाई मौका दिएको छ ।

दक्षिण अफ्रिकामा भने अघिल्लो प्लेइङ सेटलाई नै मैदान उतारेको छ । दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिसकेको छ । पाकिस्तानको पनि आगामी यात्रा निकै कठिन छ । उसले अबका सबै खेल जित्नैपर्ने हुन्छ । साथै पाकिस्तानले सेमिफाइनल पुग्न अन्य टिमको नतिजा पनि कुर्नुपर्ने हुन्छ । हालसम्म विश्वकपमा यी दुई टिमबीच ४ पटक खेल भएको छ । जसमा द. अफ्रिकाले ३ र पाकिस्तानले एक खेलमा मात्र जीत हासिल गरेको छ ।

पाकिस्तानको प्लेइङ ११ः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, शादाब खान, मोहम्मद हफीज,  शाहीन शाह अफ्रिदि, वहाब रियाज, मोहम्मद आमिर र  इमाद वसीम  ।

दक्षिण अफ्रीकाको प्लेइङ ११ः फाफ डु प्लेसिस (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), एडेन मार्कम, हाशिम अमला, डेविड मिलर, कागिसो रबाडा,  एन्डिले फेकलक्वायो, इमरान ताहिर, लुंगी एन्गिडी, क्रिस मोरिस र रस्सी भान डर ड्युसन ।

कमेन्ट गर्नुहोस्