विश्वकप क्रिकेटः पाकिस्तानका दुवै ओपनर इमरानको सिकार

काठमाडौं, असार ८ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान ओपनर फखर जमान र इमाम उल हक ४४–४४ रनमा आउट भएका छन् । फखर १५.५ ओभरमा र इमाम २०.३ ओभरमा आउट भएका हुन् । उनी दुवैलाई इमरान ताहिरले आउट गर्न सफल भए ।

फखरले ६ चौका र १ चौकाको सहयोगमा ५० बलमा ४४ र इमामले ६ चौकाको मद्दतमा ५८ बलमा ४४ रन बनाएका हुन् । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णयक गरेको पाकिस्तानले यो समाचार तयार पार्दासम्म २६ ओभरमा २ विकेट गुमाएर १३४ रन जोडेको छ । पाकिस्तानले आज प्लेइङ ११ मा २ खेलाडी परिर्वतन गरेको छ । उसले हसन अलि र सोयब मलिकको स्थानमा हरिस सोहेल र शाहीन शाह अफ्रिदिलाई मौका दिएको छ ।

दक्षिण अफ्रिकामा भने अघिल्लो प्लेइङ सेटलाई नै मैदान उतारेको छ । दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिसकेको छ । पाकिस्तानको पनि आगामी यात्रा निकै कठिन छ । उसले अबका सबै खेल जित्नैपर्ने हुन्छ । साथै पाकिस्तानले सेमिफाइनल पुग्न अन्य टिमको नतिजा पनि कुर्नुपर्ने हुन्छ । हालसम्म विश्वकपमा यी दुई टिमबीच ४ पटक खेल भएको छ । जसमा द. अफ्रिकाले ३ र पाकिस्तानले एक खेलमा मात्र जीत हासिल गरेको छ ।

पाकिस्तानको प्लेइङ ११ः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, शादाब खान, मोहम्मद हफीज,  शाहीन शाह अफ्रिदि, वहाब रियाज, मोहम्मद आमिर र  इमाद वसीम  ।

दक्षिण अफ्रीकाको प्लेइङ ११ः फाफ डु प्लेसिस (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), एडेन मार्कम, हाशिम अमला, डेविड मिलर, कागिसो रबाडा,  एन्डिले फेकलक्वायो, इमरान ताहिर, लुंगी एन्गिडी, क्रिस मोरिस र रस्सी भान डर ड्युसन ।

कमेन्ट गर्नुहोस्