विश्वकपः अनावश्यक अपिल गरेको भन्दै विराटलाई कार्वाही

काठमाडौं, असार ८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई कार्वाही गरेको छ ।

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिवार अफगानिस्तान बिरुद्धको खेलमा अनावश्यक अपील गरेको भन्दै उनलाई आइसीसीले कार्वाही गरेको हो । आइसीसीको लेभल १ नियम अनुसार कुनै खेलाडीले खेलका दौरान अत्यधिक अपिल गरेमा उसलाई कार्वाही गर्ने गरिन्छ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कोहलीले अब आफ्नो म्याच फि को  २५ प्रतिशत रकम जरिवाना स्वरूप आइसीसीलाई बुझाउनु पर्नेछ। उनलेले पनि आफ्नो गल्ति स्वीकारि सकेका छन्।

जरिवानासँगै कप्तान कोहलीले आफ्नो अनुशासन रेकर्डमा १ डिमेरिट अंकसमेत प्राप्त गरेका छन्। शनिबार रातिसम्पन्न भयो खेलमा भारत ११ रनले विजयी भएको थियो ।

याे पनि पढ्नुस  क्रिकेटमा गतिला गणितमा अगतिला विराट कोहली

कमेन्ट गर्नुहोस्