विश्वकप २०१९ मा बाबरको दोस्रो अर्धशतक

काठमाडौंः इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानका बाबर आजमले अर्धशतक पूरा गरेका छन् । उनले ५ चौकाको मद्दतमा ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा बाबरको यो दोस्रो अर्धशतक हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले यो समाचार तयार पार्दासम्म ३९ ओभरमा ३ विकेट गुमाएर २१३ रन बनाएको छ ।

अफीज सस्तैमा आउट
पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका मोहम्मद अफिज आज सस्तैमा आउट भए । उनी १ छक्काको मद्दतमा ३३ बलमा २० रन बनाएर आउट भएका हुन् । अफीजलाई एडम मार्कमले २९.६ ओभरमा एल्बीडब्लु आउट गरे ।

याे पनि पढ्नुस  अफगानिस्तान विरुद्ध पाकिस्तानका बाबरको शानदार शतक

ओपनर जोडी ४४–४४ रनमा आउट
ओपनर फखर जमान र इमाम उल हक ४४–४४ रनमा आउट भएका छन् । फखर १५.५ ओभरमा र इमाम २०.३ ओभरमा आउट भएका हुन् । उनी दुवैलाई इमरान ताहिरले आउट गर्न सफल भए । फखरले ६ चौका र १ चौकाको सहयोगमा ५० बलमा ४४ र इमामले ६ चौकाको मद्दतमा ५८ बलमा ४४ रन बनाएका हुन् । पाकिस्तानले आज प्लेइङ ११ मा २ खेलाडी परिर्वतन गरेको छ । उसले हसन अलि र सोयब मलिकको स्थानमा हरिस सोहेल र शाहीन शाह अफ्रिदिलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  पहिलो विश्वकपमै पाकिस्तानका बाबरले रचे इतिहास

दक्षिण अफ्रिकामा भने अघिल्लो प्लेइङ सेटलाई नै मैदान उतारेको छ । दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिसकेको छ । पाकिस्तानको पनि आगामी यात्रा निकै कठिन छ । उसले अबका सबै खेल जित्नैपर्ने हुन्छ । साथै पाकिस्तानले सेमिफाइनल पुग्न अन्य टिमको नतिजा पनि कुर्नुपर्ने हुन्छ । हालसम्म विश्वकपमा यी दुई टिमबीच ४ पटक खेल भएको छ । जसमा द. अफ्रिकाले ३ र पाकिस्तानले एक खेलमा मात्र जीत हासिल गरेको छ ।

याे पनि पढ्नुस  चम्किँए इमाम र बाबर, पाकिस्तानद्वारा बंगलादेशलाई ३१६ रनको चुनौती

पाकिस्तानको प्लेइङ ११ः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, शादाब खान, मोहम्मद हफीज,  शाहीन शाह अफ्रिदि, वहाब रियाज, मोहम्मद आमिर र  इमाद वसीम  ।

दक्षिण अफ्रीकाको प्लेइङ ११ः फाफ डु प्लेसिस (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), एडेन मार्कम, हाशिम अमला, डेविड मिलर, कागिसो रबाडा,  एन्डिले फेकलक्वायो, इमरान ताहिर, लुंगी एन्गिडी, क्रिस मोरिस र रस्सी भान डर ड्युसन ।

कमेन्ट गर्नुहोस्