कतारमा हत्या अभियोग लागेका विनोदलाई मृत्युदण्डको सजाय सुनाइएको छैनः दूतावास

दोहा, असार ८ । भारतीय नागरिकको हत्या अभियोगमा जेल सजाय भोगिरहेका विनोद रानाभाटलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला नसुनाएको नेपाली दूतावासले जानकारी दिएको छ।

कतारको सम्बन्धित अदालतले रानाभाटलाई हत्याको अभियोगमा ३ बर्षको जेल सजाय सहित मृतकका परिवारलाई २ लाख ६० हजार रियल ब्लड मनि तिर्नुपर्ने फैसला सुनाएको भएपनी सामाजिक संजाल र अन्लाईन मिडियामा रानाभाट लाई कतारमा मृत्युदण्ड भन्दै भ्रम फैलाएको प्रति आफ्नो ध्यानाकर्षण भएको दूतावासले बताएको छ।

अदालतले रानाभाट लाई सुनाएको जेल सजाय आउँदो अक्टोबर ३० तारीख ३ पूरा हुने दूतावास स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्