बाँधले बस्ती डुबानमा

काठमाडौं, असार ९ । भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो ।

पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका हुन् ।

बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौँ गाउँ डुबानमा परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्