सुदूरपश्चिममा बाढी आउन सक्ने सम्भावना छ, सतर्क रहौंः बाढी पूर्वानुमान महाशाखा

काठमाडौं असार ९ । सोमबार बेलुका सुदूरपश्चिम क्षेत्रका खोला तथा नदीमा बाढी आउन सक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम पूर्वानुमान विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले ट्विटमार्फत सूचना जारी गर्दै सुदूरपश्चिमका जलाधार क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेकाले त्यहाँ रहेका स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सजग रहन सल्लाह दिएको हो ।

महाशाखाले आफ्नो ट्विट अकाउन्टमा लेखेको छ- ‘आज बेलुकादेखि मंगलबार बिहानसम्म सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने साना नदी जलाधारहरूको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्छ, सतर्क रहौं ।’

कमेन्ट गर्नुहोस्