वर्षाले बन्द हवाई सेवा सुचारु रोकिएका भारतीय तीर्थयात्रुलाई सहज

सिमकोट, असार ९ । आइतबार वर्षाको कारण अवरुद्ध भएको हुम्लाको हवाई सेवा सुचारु भएको छ ।

बिहान ढिलो गरी मौसम खुलेपछि रोिकएको हवाई सेवा सुचार भएको हो । जिल्लामा मनसुन सुरु भएको पहिलो दिनमै हवाई सेवा सुचारु नहुँदा तीन सयभन्दा बढी मानसरोवर कैलाशको तीर्थ यात्रा गरेर फर्केका यात्रीहरु सिमकोट र हिल्सामा रोकिएको र सोमबा मौसम खुलेपछि हवाई यातायात सुचारु हुँदा पर्यटक नेपालगंज ओसार्न सुरु भएको सीता एयरका सिमकोट इन्चार्ज छेपाल लामाले बताए ।

आईतबार समिट, तारा र सीता एयरमा ३०६ जना यात्राु सिमकोट र हिल्सामा रोकिएका थिए । बिहान पहिलो लटमा तीन तीन वटा फ्लाईट तारा र सीता तथा दुई फ्लाईट समिट उडान भरेर पर्यटक ओसारेको उनले बताए ।

हावा नलागेसम्म यात्रु ओसार्ने कामा जारी रहने नागरिक उड्यान प्राधिकरण सिमकोट शाखाका बरिष्ट अधिकृत उज्जल तिवारीले बताए । आइतबार सिता, तारा र समिट एयरका हवाई जहाजहरुले उडान भर्ने कार्यक्रम रहेको भएपनि वर्षाको कारण कुुनै पनि उडान नभएको बरिष्ठ अधिकृत तिवारीले बताए ।

सिमकोट बिमान स्थलमा मौसमले साथ दिएमा दैनिक ३५ सम्म हवाई जहाज र ८० सम्म हेलिले उडान भर्दै आएका छन् । आइतबार मौसम खबरा भएपछि मानसारोवर तीर्थयात्रा गरी फर्किएका झण्डै तीन सय यात्रु सिमकोटमा रोकिएका थिए । अहिले मानसरोवर जाने मौसम भएकाले यस क्षेत्रमा भारतीय तीर्थ यात्रुको भीड लाग्ने गर्छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्