Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिक्षा मन्त्रीको चेतानवनीः ‘पढाउन नसक्ने शिक्षकले ठाउँ खाली गर्नुस्’

भक्तपुर, असार ९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रभावकारी शिक्षण सिकाई गर्न नसक्ने शिक्षकलाई ठाउँ खाली गर्न चेतावनी दिएका छन् । चाँगुनारायण नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शुभारम्भ गर्दै मन्त्री पोखरेलले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘अबको सामुदायिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाई गर्नुस्, पढाउन सक्दिनँ भन्ने भए ठाउँ खाली गरिदिनुस् ।’

देशभर अहिलेपनि करिब ७ लाख शिक्षण अध्यापन अनुमतिपत्र प्राप्त गरेका शैक्षिक बेरोजगार भएको शिक्षामन्त्री पोखरेलले बताए । ‘शिक्षकमाथि मलाई विश्वास छ,’ उनले भने, ‘त्यो विश्वासलाई पार्टी राजनीतिमा लागेर टे«ड युनियनको अधिकार खोजेर हैन, कक्षाकोठाको सिकाई उपलब्धि वृद्धि गरेर प्रमाणित गरिदिनुस् ।’

मन्त्री पोखरेलले लामो समयदेखि नेपालको शिक्षा पद्धतिमाथि बहस हुन नसकेको बताए । उनले विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मुल्यांकन गर्ने शिक्षा प्रणाली गलत भएको उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: