पौडेल मुठभेडमै मारिएको गृहमन्त्रीको दाबी

काठमाडौँ, असार ९ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँग मुठभेडका क्रममै भएको दाबी गरेका छन्।

मन्त्री थापाले सोमवार बिहान संसद्को राज्यव्यवस्था समितिको बैठकमा उक्त कुरा भनेका हुन् ।

बैठकमा मन्त्रि थापाले प्रहरीले दिँदै आएको बयान नै दोहोर्याए । उनले भने,  ‘दुई मोटरसाइकलमा आइरहेका चार जनाले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडी फायर गरेकाले प्रहरी टोलीले पनि आत्मरक्षाका लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रका आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वाग्मती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ।’

याे पनि पढ्नुस  शिक्षक अन्सारीका हत्यारा कुनै हालतमा उम्किदैनन्- गृहमन्त्री थापा

मन्त्री थापाले घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान तथा विस्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुमवासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान बरामद भएको जानकारी पनि दिए।

याे पनि पढ्नुस  खतरनाक बादल मडारिदै छ आकाशमा

तर राज्यव्यवस्था समितिकै बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपाकै सांसद जनार्दन शर्माले भने गृहमन्त्री थापाको जवाफको प्रतिवाद गरेका छन्।

राज्य व्यवस्था समितिकै बैठकमा शर्माले प्रहरी र गृहमन्त्रीको रिपोर्टमा विश्वास गर्ने आधार नभएको टिप्पणी गरेका हुन्।

सांसद शर्माले भने, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ। तर जनताको पनि रिपोर्ट छ, त्यसले पौडेलको मृत्यु मुठभेडमा भएको भन्दैन।’

याे पनि पढ्नुस  ‘मिस फायर’ हुँदा कुमार पौडेलको मृत्युः गृहमन्त्री थापा

यही असार ५ गते दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही नदी नजिक जंगलमा प्रहरीको गोलीबाट पौडेल मारिएका थिए।

मानव अधिकार आयोगले पनि पौडेलको मृत्युबारे छानबिन गरिरहेको छ।

 

कमेन्ट गर्नुहोस्