बंगलादेशविरुद्ध मुजीबको घातक बलिङ, लिए महत्वपूर्ण विकेट

काठमाडौं, असार ९ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा अफगानिस्तानका स्पिनर मुजिबउर रहमानले उत्कृष्ट बलिङ गरेका छन् । उनले ८ ओभर बलिङ गर्दा २६ रन दिएर महत्वपूर्ण ३ विकेट लिइसकेका छन् । मुजिबले लिटोन दास, शाकिव अल हसन र सौम्य सरकारको विकेट लिएका हुन् ।

भारत विरुद्धको खेलमा पनि उनले उत्कृष्ट बलिङ गरेका थिए । उक्त खेलमा मुजिबले १० ओभरमा २६ रन खर्चिएर महत्वपूर्ण १ विकेट लिए । भारतसँगको खेलमा उनले रोहित शर्माको विकेट लिन सफल भएका थिए ।

शाकिवको तेस्रो अर्धशतक
अफगानिस्तानविरुद्ध पनि बंगलादेशका अलराउन्डर शाकिव अल हसनले अर्धशतक बनाएका छन् । उनले १ चौकाको मद्दतमा ६९ बलमा ५१ रन बनाए । जारी विश्वकपमा शाकिवको यो तेस्रो अर्धशतक हो । साथै उनले जारी संस्करणमा २ शतक पनि बनाइसकेका छन् । शाकिव सोमबारसम्म सर्बाधिक रन बनाउने सूचीको शीर्ष स्थानमासमेत छन् ।

बंगलादेशको प्लेइङ ११ः मसरुफे मुर्तुजा (कप्तान), मुश्फिकुर रहीम, शाकिब अल हसन, सौम्य सरकार, तमिम इकबाल, लिटोन दास, महमुदुल्लाह, मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमान,  मेहदी हसन, अबु जायद र मोसदक हुसेन ।

अफगानिस्तानको प्लेइङ ११ः गुल्बिन्दन नाइब (कप्तान), असगर अफगान, नजिबुलाह जर्दान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी, दवालत जर्दान, मुजिब उर रहमान, हस्मातउल्लाह शाहिदी, मोहम्मद नाबी र इक्रम अलिखिल ।

कमेन्ट गर्नुहोस्