विश्वकपमा पाकिस्तानको यस्तो अनौठो रेकर्ड

काठमाडौँ, असार ९ । जारी विश्वकप क्रिकेट प्रतियोगितामा रेकर्डहरू भंग हुने र बन्ने क्रम जारी छ । यस्ता रेकर्डहरूमा कतिपय त सम्झनलायक रेकर्ड रहेका छन् भने कतिपय रेकर्ड सम्बन्धित टीमले बारम्बार बिर्सिन पाए हुन्थ्यो भन्ने खालका छन् ।

यस्तै एउटा बिर्सनलायक रेकर्ड बनाउनेमा परेको छ पाकिस्तान । पाकिस्तान यस विश्वकपमा कमजोर प्रदर्शन गरिराखेको छ । पाकिस्तान परम्परागत रूपमा बलिङ बलियो भएको टीम मानिन्छ तर यस पटक भने पाकिस्तानी बलरहरूको परिश्रम नतिजामुखी देखिन सकेको छैन ।

उसले यसपाली बनाएको रेकर्ड हो- सबैभन्दा बढी क्याच ड्रप गर्ने । पाकिस्तानले यस विश्वकपमा ६ खेल खेलिसकेको छ र हालसम्म उसले १४ क्याच ड्रप गरिसकेको छ ।

तर दक्षिण अफ्रिकासँगको खेल जित्नु अगाडि भने यो सूचिको शीर्षमा घरेलु टोली इङ्ल्याण्ड थियो । पाकिस्तानले न्युजिल्याण्डसँगको खेलमा मात्रै ६ क्याच ड्रप गरेको थियो ।

क्रिकेटसम्बन्धी तथ्यहरूको विश्लेषण गर्ने संस्था क्रिकभिज अनालिस्टले एउटा ट्वीटमार्फत जानकारी साझा गर्दै सबैभन्दा बढी क्याच ड्रप गर्ने तीन टीमहरूमा क्रमशः पाकिस्तान, इङ्ल्याण्ड र न्युजिल्याण्ड रहेको जनाएको छ ।

इङ्ल्याण्डले हालसम्म १२ र न्युजिल्याण्डले ९ क्याच ड्रप गरेको छ । सुचिमा चौथो स्थानमा दक्षिण अफ्रिका रहेको छ । उसले ८ क्याच छोडेको छ भने ६ क्याच छोडेको वेस्ट इण्डिज पाँचौ स्थानमा रहेको छ ।

क्याच छुटाउने मा पाकिस्तान पुग्यो शीर्षमा

छैठौं स्थानमा ४-४ क्याच छोडेका अस्ट्रेलिया र बंगलादेश रहेका छन् भने श्रीलंकाले ३, अफगानिस्तानले २ क्याच छोडेको छ । भारतले भने हालसम्म एक मात्र अक्याच छोडेर यस सूचिको पुछारमा रहेको उक्त संस्थाले जनाएको छ ।

पाकिस्तानको टीमले खराब फिल्डिङका कारण समर्थकहरूको आलोचना खेप्नु परिराखेको थियो । तर आइतबार दक्षिण अफ्रिकालाई ४९ रनको अन्तरले हराएपछि आलोचनाका स्वर केही मत्थर हुन थालेका छन् ।

पाकिस्तानका पूर्व कप्तान वसीम अक्रमले पाकिस्तानी टोलीलाई यस जीतको लागि बधाई दिए र यसै खेलमा ६ क्याच छोडेको भन्ने प्रश्नमा उनले ठट्यौलो पाराले जवाफ दिए, “हाम्रा खेलाडीहरू बललाई कुरेर बसेनन् । उनीहरू बल आउनु पहिले नै हाम फालिहाल्थे ।”

 

 

कमेन्ट गर्नुहोस्