अफगानिस्तानले पायो २६३ रनको लक्ष्य, शाकिव–मुस्फिकुरको अर्धशतक

काठमाडौं, असार ९ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले आफ्नो सातौ खेलमा अफगानिस्तानलाई २६३ रनको लक्ष्य दिएको छ । साउथ ह्याम्पटन क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६२ .रन बनायो ।

उसका लागि मुस्फिकुर रहिमले उत्कृष्ट प्रदर्शन गरे । उनले १ छक्का र ४ चौकाको मद्दतमा ८७ बलमा ८३ रन बनाए । यस्तै शाकिव अल हसनले ५१, तमिम इकबालले ३६, मोसाद्दिक हुसैनले ३५, लिटन दासले १६, महमदुल्लाहले २७, सौम्य सरकारले ३ र मोहम्मद सैफउद्दिनले नट आउट २ रनको योगदान दिए । बलिङमा अफगानिस्तानका मुजीबउर रहमानले ३, कप्तान गुल्बिन्दन नाइबले २, मोहम्मद नाबी र दउलत जर्दानले एक–एक विकेट लिए ।

अफगानिस्तान अहिलेसम्म जीतविहीन रहँदा बंगलादेशले भने दक्षिण अफ्रिका र वेष्ट इण्डिजलाई पराजित गर्न सफल भएको छ । ६ खेलबाट ५ अंक बटुलेको बंगलादेशलाई आजको खेल जित्नैपर्ने दबाब छ । यही मैदानमा भारतसँग अफगानिस्तान ११ रनले पराजित भएको थियो ।

वान डे क्रिकेटमा यी दुई टिमबीच सात पटक भेट भएको छ । जसमा ४ खेलमा बंगलादेश र ३ खेलमा अफगानिस्तानले जीत हात पारेको छ । विश्वकपमा भने बंगलादेश र अफगानिस्तानबीच एक पटक मात्र खेल भएको छ । उक्त खेलमा बंगलादेश विजयी भएको थियो ।

बंगलादेशको प्लेइङ ११ः मसरुफे मुर्तुजा (कप्तान), मुश्फिकुर रहीम, शाकिब अल हसन, सौम्य सरकार, तमिम इकबाल, लिटोन दास, महमुदुल्लाह, मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमान,  मेहदी हसन, अबु जायद र मोसदक हुसेन ।

अफगानिस्तानको प्लेइङ ११ः गुल्बिन्दन नाइब (कप्तान), असगर अफगान, नजिबुलाह जर्दान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी, दवालत जर्दान, मुजिब उर रहमान, हस्मातउल्लाह शाहिदी, मोहम्मद नाबी र इक्रम अलिखिल ।

कमेन्ट गर्नुहोस्