विश्वकप क्रिकेटः पाँच ओभरमा ६ रन दिए शाकिवले लिए ३ विकेट !

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दिएको २६३ रनको लक्ष्य लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले चौथोे विकेट गुमाएको छ । उसले २८.३ ओभरमा खाता नखोल्द मोहम्मद नाबीलाई गुमाएको हो । उनलाई शाकिव अल हसनले आउट गरेका हुन् । यसै ओभरमा ४७ रन बनाएर खेलिरहेका कप्तान गुल्बिन्दन नाइबलाई पनि आउट गरे । यसअघि शाकिवले आफ्नो पहिलो ओभरमै रहमत शाहको विकेट लिएका थिए । यो समाचार तयार पार्दासम्म अफगानिस्तानले २९ ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाएको छ ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६२ .रन बनायो । उसका लागि मुस्फिकुर रहिमले उत्कृष्ट प्रदर्शन गरे । उनले १ छक्का र ४ चौकाको मद्दतमा ८७ बलमा ८३ रन बनाए । यस्तै शाकिव अल हसनले ५१, तमिम इकबालले ३६, मोसाद्दिक हुसैनले ३५, लिटन दासले १६, महमदुल्लाहले २७, सौम्य सरकारले ३ र मोहम्मद सैफउद्दिनले नट आउट २ रनको योगदान दिए ।
बलिङमा अफगानिस्तानका मुजीबउर रहमानले ३, कप्तान गुल्बिन्दन नाइबले २, मोहम्मद नाबी र दउलत जर्दानले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्