Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अफगानिस्तानको सातौं हार, सेमिफाइनल पुग्ने बंगलादेशको सम्भावना जीवितै

काठमाडौं, असार १० । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो सातौ खेलमा अफगानिस्तानलाई हराउँदै बंगलादेशले सेमिफाइनल पुग्ने सम्भावना जिवीतै राखेको छ । सोमबार राति साउथ ह्याम्टनमा सम्पन्न खेलमा अफगानिस्तानलाई ६२ रनले हराउँदै बंगलादेशले सेमिफाइनल पुग्ने सम्भावना जिवीतै राखेको हो । २६३ रनको लक्ष्यका साथ मैदान उत्रिएको अफगानिस्तान ४७ ओभरमा २०० रनमै समेटियो ।

उसका लागि समिउल्लाह सिनवारीले १ छक्का र ३ चौकाको मद्दतमा ५१ बलमा नट आउट ४९ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै कप्तान गुलबिन्दन नाइबले ४७, नजिबुल्लाह जर्दानले २३, रहमत शाहले २४, अशगर अफगानले २०, हसमुल्लाह शाहिदी, इक्रम अलिखिलले ११–११ रन बनाए । बलिङमा बंगलादेशका शाकिव अल हसनले १० ओभरमा २९ रच खर्चिएर महत्वपूर्ण ५ विकेट लिए । यस्तै मुस्तफिजुर रहमानले २, मोहम्मद सैफउद्दिन र मोसाद्दिक हुसैनले एक–एक विकेट हात पारे ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनायो । उसका लागि मुस्फिकुर रहिमले उत्कृष्ट प्रदर्शन गरे । उनले १ छक्का र ४ चौकाको मद्दतमा ८७ बलमा ८३ रन बनाए । यस्तै शाकिव अल हसनले ५१, तमिम इकबालले ३६, मोसाद्दिक हुसैनले ३५, लिटन दासले १६, महमदुल्लाहले २७, सौम्य सरकारले ३ र मोहम्मद सैफउद्दिनले नट आउट २ रनको योगदान दिए । बलिङमा अफगानिस्तानका मुजीबउर रहमानले ३, कप्तान गुल्बिन्दन नाइबले २, मोहम्मद नाबी र दउलत जर्दानले एक–एक विकेट लिए ।

शकिवको तेस्रो अर्धशतक
अफगानिस्तान विरुद्धको खेलमा बंगलादेशका अलराउन्डर शाकिव अल हसनले अर्धशतक बनाएका छन् । उनले १ चौकाको मद्दतमा ६९ बलमा ५१ रन बनाएका हुन् । जारी विश्वकपमा शाकिवको यो तेस्रो अर्धशतक हो । साथै उनले जारी संस्करणमा २ शतक पनि बनाइसकेका छन् । शाकिव सोमबारसम्म सर्बाधिक रन बनाउने सूचीको शीर्ष स्थानमासमेत छन् ।

बंगलादेशको प्लेइङ ११ः मसरुफे मुर्तुजा (कप्तान), मुश्फिकुर रहीम, शाकिब अल हसन, सौम्य सरकार, तमिम इकबाल, लिटोन दास, महमुदुल्लाह, मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमान,  मेहदी हसन, अबु जायद र मोसदक हुसेन ।

अफगानिस्तानको प्लेइङ ११ः गुल्बिन्दन नाइब (कप्तान), असगर अफगान, नजिबुलाह जर्दान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी, दवालत जर्दान, मुजिब उर रहमान, हस्मातउल्लाह शाहिदी, मोहम्मद नाबी र इक्रम अलिखिल ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: