विप्लव समूहका लमजुङ सेक्रेटरी पक्राउ

काठमाडौं, असार १० । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका लमजुङ सेक्रेटरी विनोद सोनाम पक्राउ परेका छन्। विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा उनलाई पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोनामलाई पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

यसैबीच मंगलबर बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ। सोमबार साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शङ्कास्पद वस्तु फेला परेको थियो। यो समाचार आजको नेपाल खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्