Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘लाईभ शो’मैं नेताले कुटे पत्रकारलाई (हेर्नुस भिडियो)

इस्लामाबाद, कार्यक्रम चलिरहेको बेला स्टुडियो छोडेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रकरणले ठूलै चर्चा पायो । तर पाकिस्तानमा भने यो भन्दा पनि ठूलो घटनाले अहिले चर्चा पाएको छ ।

पाकिस्तानको एउटा समाचार च्यानलको स्टुडियोमा सत्ताधारी पार्टीका एकजना नेताले संवाद प्यानलमा सहभागी एकजना वरिष्ठ पत्रकारमाथि नै कुटपीट गरेको विषय अहिले भाइरल बनेको छ ।

लाइभ सो चलिरहेको बेला यो घटना घटेको थियो ।

समाचार अनुसार, ‘के २१ न्यूज’ मा ‘न्यूज लाइन विथ अफताब मुघेरी’ नामक कार्यक्रम चलिरहेको बेला घटना भएको हो । उक्त कार्यक्रममा स्टुडियोमा सत्ताधारी पिटीआईका मसरुर अलि सियाल र कराची प्रेस क्लबका प्रमुख इम्तियाज खान सहभागी थिए ।

दुबैका बीचमा बहस चर्किंदै गएपछि कार्यक्रममा मल्लयुद्द शुरु भयो । पिटिआई नेता आफ्नो सीट छोडेर पत्रकारलाई धक्का दिएर भूईमा खसलो । यसपछि नेताले पत्रकारलाई कुटन शुरु गरे । दुबैबीचको झगडालाई पछि अरु अतिथी र क्रू स्टाफहरुले छुटाएका थिए ।

घटनापछि पिटिआईको कडा निन्दा भइरहेको छ ।

हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: