भारतीय पक्षद्वारा हुलाकी सडक निर्माणको काम अवरुद्ध

धनगढी, असार १० । हुलाकी सडकको कञ्चनपुर खण्डको निर्माणमा भारतीय सुरक्षाबल एसएसबीले रोक लगाएको छ ।

नेपाल भारत सीमामा तैनाथ सशस्त्र सीमा बलले सडक निर्माण भइरहेको भूमि भारतीय भएको भन्दै निर्माण कार्य रोकेको हो । हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालका अनुसार एसएसबीले जिल्लाको बेलौरी नगरपालिका क्षेत्रमा पर्ने हुलाकी खण्डको एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध सिर्जना गर्दै निर्माणमा रोक लगाएको थियो ।

याे पनि पढ्नुस  सिमामा भारतीय एसएसबीकाे ज्यादती, नेपाल प्रहरी माथी नै दुर्व्यवहार ! (भिडियाे)

उक्त स्थानमा भारतीय पक्षले आफ्नो भूमी भन्दै सडक निर्माणमा अवरोध सिर्जना गरेपछि सुरक्षा निकायको पहलमा समन्वय भइरहेको जैसवालले बताएका छन् । सडक निर्माण कार्य अवरुद्ध पारिएको भएपनि भारतीय पक्षबाट कुनै औपचारिक पत्र भने आइनसकेको जैसवालले बताए ।

जेठबाटै निर्माण रोक्न दबाब

याे पनि पढ्नुस  नेपाली भूमिमा सडक बनाउँदा पनि भारतीय एसएसबीको दादागिरी

सडक योजना कार्यालयका अनुसार भारतीय एसएसबीले निर्माण कम्पनीलाई जेठ अन्तिम सातातिर  निर्माण कार्य रोक्न दबाब दिएका थिए। एसएसबीले ठेक्का सम्झौता पाएको बाबाहंस–सिद्धिकीका सञ्चालक चक्र शाहलाई सडक निर्माण रोक्नमा दबाब दिएको योजना कार्यालयले जनाएको छ।

उक्त क्षेत्रमा बेस निर्माणको काम सकेर कालोपत्रेको तयारी गरिएको थियो। तर भारतीय पक्षको अवरोधका कारण काम ठप्प भएको ईन्जिनियर पदम बहादुर मडैले बताए। उनले सो विषयमा माथिल्लो निकायमा पनि जानकारी गराइसकेको बताएका छन्।

याे पनि पढ्नुस  सिमामा भारतीय एसएसबीकाे ज्यादती, नेपाल प्रहरी माथी नै दुर्व्यवहार ! (भिडियाे)

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार वैद्यले संयुक्त सीमा सर्भे टोली फर्किसकेकाले एसएसबीलाई अवरोध सिर्जना नगर्न आग्रह गरिएको बताए। तर अवरोध कायमै राखेपछि उक्त विषयमा थप छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए।  दिनेश खबरबाट

कमेन्ट गर्नुहोस्