मन्तव्य राख्न नदिएको भन्दै नगरसभा अवरुद्ध

काठमाडौँ, असार १० । कैलालीको गोदावरी नगरपालिकाको नगरसभामा विवाद उत्पन्न भएको छ । स्थानीय व्यापारीहरूले उदोग वाणिज्य संघको तर्फबाट मन्तव्य राख्न नदिएको भन्दै नगरसभास्थलको जेनरेटर बन्द गरेर विरोध जनाएका हुन् ।

गोदावरी नरपालिका वडा नम्बर १२ का अध्यक्ष भीम बहादुर खडकाले शुभकामना मनतव्य राख्न पाउनुपर्ने माग गर्दै व्यापारीहरुले जेनेरेटर बन्द गर्दै अवरोध गरेपनि अहिले सभा सुचारु भएको जानकारी दिए।

उनका अनुसार नगरपालिकाले समय अभावका कारण कार्यक्रमलाई छोट्याउन खोज्दा व्यापारीहरुको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघ पनि छुटेपछि केही बेर विवाद भएको हो। उद्योग वाणिज्य संघका तर्फबाट शुभकामना मनतव्य समेत राख्न नदिएको भन्दै आक्रोशित भएका व्यापारीले अवरोध सिर्जना गरेका थिए।

कमेन्ट गर्नुहोस्