खानेपानी मन्त्रीकाे बिराेध गर्न खाेज्दा झडप, कांग्रेसद्वारा नेकपा कार्यकर्तामाथि हातपात

कञ्चनपुर, असार १० । खानेपानी मन्त्री निर्वाचन क्षेत्र जाँदा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएकाे छ । कैलाली र कञ्चनपुरकाे सीमा क्षेत्रमा रहेकाे डाेकेबजारमा झडप भएकाे हाे । कञ्चनपुर जिल्लाका कामु जिल्ला प्रमुख अधिकारी सुशील वैधका अनुसार मन्त्रीकाे स्वागत र बिराेध गर्न अाएका समूहबीच झडप भएकाे थियाे ।

“नगरसभाकाे उदघाटन गर्न आउँदा मन्त्री निस्केपछि स्वागत गर्न आएका र बिराेधमा उपस्थित भएकाबीच झडप भएकाे हाे ।” वैधले एभरेष्टदैनिकलाई भने, “हामीले स्थिति नियन्त्रणमा लिएका छाैं । ठूलाे घटना हुन पाएन ।” वैधका अनुसार, भीडन्तमा दुबै पक्षका केही कार्यकर्ता घाईते भएका छन् । घाईतेमध्ये दुईजनाकाे टाउकाे चाेट लागेका कारण नेपालगञ्ज या काठमाडौ रिफर गरिएकाे छ ।

झडपले तनावग्रस्त अवस्था भएपछि प्रहरीले हस्तक्षेप गरेकाे थियाे । अहिले मन्त्री बीना मगर नगरसभामा सम्बाेधनपछि पुनर्सवासमा रहेकाे कामु प्रजिअ वैधले बताए । केही महिना अघि कांग्रेस नेता विष्टले विद्युत प्राधिकरण, बेलौरी शाखा प्रमूखलाई अनावश्यक धम्की दिएको विषयलाई लिएर खानेपानी मन्त्रीले राष्ट्रसेवक कर्मचारीमाथिको हातपात खेदजनक भएको बताएकी थिइन्। सोही विषयम रिसीबी राख्दै विष्टले मन्त्रीमाथि हमला गर्न खोजको नेकपाका नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्