विश्वकपः वार्नर बने सर्बाधिक रनकर्ता, इंग्ल्याण्डविरुद्ध पनि अर्धशतक

काठमाडौं, असार १० । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्डविरुद्धको खेलमा अष्ट्रेलियाले पहिलो विकेट गुमाएको छ । उसले २४.४ ओभरमा ओपनर डेभिड वार्नरलाई ५३ रनमा गुमाएको हो । उनलाई मोइन अलिले क्याच आउट गराए ।

आज पनि अष्ट्रेलियाको उत्कृष्ट सुरुवात
इंग्ल्याण्डविरुद्ध पनि अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गर्यो । उसले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गर्न सफल भएको हो । अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाउन आरोन फिन्च र डेभिड वार्नरको जोडी निरन्तर लयमा देखिएको छ ।

कप्तान फिन्चको चौथो अर्धशतक
अष्ट्रेलियाका कप्तान आरोन फिन्चले इंग्ल्याण्डविरुद्ध पनि अर्धशतक पूरा गरेका छन् । उनले ९ चौकाको मद्दतमा ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा फिन्चको यो तेस्रो अर्धशतक हो । साथै उनले यो संस्करणमा शतकसमेत बनाइसकेका छन् । फिन्चले श्रीलंकाविरुद्ध १५३ रन बनाएका थिए ।

वार्नरको तेस्रो अर्धशतक
इंग्ल्याण्डविरुद्ध पनि डेभिड वार्नरले अर्धशतक बनाएका छन् । उनले ६ चौकाको मद्दतमा ६१ बलमा ५३ रन बनाए हुन् । जारी विश्वकपमा वार्नरको यो तेस्रो अर्धशतक हो । साथै उनले यो विश्वकपमा २ शतक बनाई सकेका छन् । वार्नरले यो संस्करणमा ५०० रनसमेत पूरा गरेका छन् । उनी यो समाचार तयार पार्दासम्म सर्बाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा छन् ।

अष्ट्रेलियाको प्लेइङ ११ः  आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मार्कस स्टोइनिस, मिचेल स्टार्क, एलेक्स क्यारी, जसन फेहनड्रफ, नाथन लायन र प्याट कमिन्स ।

इंग्ल्याण्डको पूरा टिमः इयोन मोर्गन (कप्तान), जोनि बेरिस्टो, जोस बटलर, मोइन अली, जो रुट, बेन स्टोक्स, क्रिस ओक्स, आदिल रशिद, मार्क उड, जोफ्रा आर्चर र जेम्स भिन्स

कमेन्ट गर्नुहोस्