Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दिग्गज क्रिकेटर ब्रायन लारा अस्वस्थ; मुम्बईको अस्पतालमा भर्ना

काठमाडौँ, असार १० । वेस्ट इन्डिजका दिग्गज क्रिकेटर ब्रायन लारालाई मुम्बईस्थित एउटा अस्पतालमा भर्ना गरिएको छ । विश्वकै सर्वकालिक ब्याट्सम्यान लाराले बेचैनी अनुभव गरेपछि उनलाई मुम्बईको परेलस्थित ग्लोबल अस्पतालमा भर्ती गरिएको बताइएको हो ।

त्रिनिदादका नागरिक ५० वर्ष लारा एक कार्यक्रममा सहभागी हुन मुम्बई आएका थिए । पिटिआइले लाराको निकटम सूत्रले उनको अस्वस्थताबारे जानकारी दिएको तर अस्पताल प्रशासनले भने यस विषयमा केही बताउन नचाहेको बताएको छ ।

अस्पतालले केही समयपछि विज्ञप्तिमार्फत लाराको स्वास्थ्बारे जानकारी गराउनसक्ने पिटीआईले जनाएको छ ।

लारा जारी विश्वकपको आधिकारिक प्रसारक सस्न्स्थाको विश्लेषकको भूमिकामा मुम्बई आएका थिए ।

बायाँ हाते ब्याट्सम्यान लाराले वेट इन्डिजको लागि १३१ टेस्ट म्याचहरूमा ५२.८९ को औसतले ११९५३ रन बनाएका छन् ।

त्यस्तै लाराले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २९९ खेलमा ४०.१७ को औसतले ११९५३ रन बनाएका छन् । उनी टेस्ट क्रिकेटको एकै पारीमा ४०० रन बनाउने एक मात्र ब्याट्सम्यान हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: